दमक, २० पौष–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम झापा जिल्ला कमिटीले आज (शुक्रबार) दमकमा यहाँका राजनीतिक दलहरु र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा मेची ब्यूरो इन्चार्ज सुमनसिं सीले ‘वर्तमान राजनीतिक संकटको निकासः नेपाली विशेषताको समाजवाद’ विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो । चार पृष्ठ लामो अवधारणापत्रमा सुमनसिं सीले नागरिकहरुको आवश्यकता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न ठूला राजनीतिक दलहरु र वर्तमान सरकार असफल भएको बताउनुभयो । वहाँले जनयुद्ध, जनआन्दोलन र बलिदानीपूर्ण सर्घषबाट उपलब्ध भएको संघीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्थालाई दलाल पूँजिवादले कब्जा गरिरहेको अवधारणापत्रमा उल्लेख गर्नुभएको छ । वहाँले यी सवै समस्याको निकासका लागि बिचार र व्यवहारसहितको नयाँ मोर्चावन्दी हुन आवक्यक रहेको समेत विमर्श गर्नुभयो ।
त्यस्तैं, नेता सुमनसिं सीले दलाल पूँजिवाद र प्रवृतिको अन्त्य गर्न नसके देश भयाभय अवस्थामा पुग्ने बताउनुभयो । वहाँले संसदबाट दलहरुले एससिसी परियोजनाको सम्झौता गरेर नेपाललाई ठूला देशहरुबीचको क्रिडास्थल बनाउन लागेको भन्दै चिन्ता व्यक्त गनर््ुभयो । सदियौंदेखि समानता र समता मुलक समाज निर्माणमा जुटेका अग्रजहरुको योगदान र समाजलाई धर्म वा जातका नाउँमा बिभाजन गरी नेपाललाई बिदेशी मुलुकहरुमा सुम्पिन खोजिरहेको भन्दै त्यसको विरुद्ध क्रान्तिकारीहरु एकजुट हुन आग्रह गर्नुभयो ।
मुलुकमा पहिचानको नाममा भइरहेको आन्दोलनलाई नजर अन्दाज गर्न नहुने नेता सुमनसिं सीको तर्क थियो । वहाँले जाति वा समुदायको हितमा रहेर सदियौदेखिको समाज र सभ्यतासंग जोडिएर पहिचानको माग गर्दै उठिरहेका आन्दोलनलाई समयमै सम्मान गर्न नसके देश रुस र युक्रेन जस्तै युद्धकालिन अवस्था नहोला भन्न नसकिने बताउनुभयो ।
वहाँले केही राजनीतिक पार्टीहरु मिसन ०८४ को नारा लिएर जनताबीचमा सक्रिय भइरहे पनि त्यो राजनीितक संकटको निकास नभएको बताउनुभयो । तसर्थ, यी संकतको निकासका लागि समाजवादमा आधारित मुलुकलाई लैजान चाहाना गर्ने दलहरु एक ठाउँमा आउन वा मोर्चा गर्न आवश्यक रहेको अवधराणपत्रमा उल्लेख गर्नुभएको छ । वहाँले देशभक्त शक्तिको पहिचान र भूमिकालाई नयाँ ढंङ्गले विकास गर्न सके मात्रै संकटको निकासमा जोड्न सकिने बताउनुभयो ।
सो कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य सुशिल सीले मुलुकको वर्तमान राजनीतिक संकटको निकाका लागि नेपाली विशेषताको समाजवाद लागु गर्न कार्यगत एकता वा र्मौर्चामा बाँधिनु जरुरी रहेको औल्लाउनुभयो । वहाँले मुलुक अहिले चरम दमक, शोषण, भष्ट्रचार बढ्दो अवस्थामा रहेको र त्यो व्यवस्थाका विरुद्ध कुनै एक राजनीतिक पार्टीको भूमिका अर्थह्रिन भएकोले समाजवादको परिकल्पनामा सहभागिता जनाउन सक्ने दलहरुबीच एकता वा वृहत छलफल हुन आवश्यक रहेको बताउनुभयो । वहाँले पुराना वा ठूला दलका रुपमा स्थापित भएर पटक पटक सरकारमा पुगेर पनि आफ्ना नारालाई केवल नारामा मात्रै सिमित राख्ने दलहरु असफल भइसकेकोले आगामी समयका लागि नयाँ शक्तिहरुबीच सहकार्य सहित समाजवादको मिसन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दमक बहुमुखी क्याम्पसका पूर्व प्रमुख उत्तम भट्टराई, नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाकी अध्यष्क्ष हरिमाया मैनाली, नेपाल कम्यु्निष्ट पार्टी (क्रान्तिकारी) का केन्द्रीय सदस्य बिमल आचार्य, कोशी प्रदेश पूर्नः नामकरण सर्घष समितिका सदस्य उत्तम लिम्बू, जनता समाजवादी पार्टी प्रदेश सदस्य धिनेर लावोती लगायतले आ–आफ्नो धारणाहरु राख्नुभएको थियो ।
सो अन्तरक्रिया कार्यक्रमको सहजिकरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम झापाका इन्चार्ज सञ्जय सीले गर्नुभएको थियो । कार्यक्रममा प्राध्यापक, डाक्टर, पत्रकार, विद्यार्थीहरुसहित झण्डै एक सयको सहभागिता रहेको सञ्जय सीले जानकारी दिनुभयो ।
