झिलझिले, २१ पौष–झापाको शिबसताक्षीमा नेपाली कांग्रेस निकट किसानहरुको संगठन नेपाल किसान महासंघ शिबसताक्षी नगर कार्यसमिति गठन गरिएको छ । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति झापाका सभापति रतन थिङलावो लिम्बूका अनुसार अमृतवहादुर कटुवालको अध्यक्षतामा किसान महासंघ शिबसताक्षी नगर समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षद्धयमा रामप्रसाद राई र केचुलाल राजवंशी छन् भने सचिवद्धयमा केदार दाहाल र सोम सेन्दाङ लिम्बू छन् । त्यस्तैं, सहसचिवद्धयमा दलासङ्ग साँवा लिम्बू र डिल्ली काफले छन् भने कोषाध्यक्षमा टीकाराम उप्रेती छन् ।

त्यसैगरी, किसान महासंघ शिबसताक्षी नगर समितिको सदस्यहरुमा धर्म थापा, नेत्र रिमाल, टिकाराम अधिकारी, बलराम तिम्सिना, डम्बर वहादुर श्रेष्ठ, टेकनारायण ताजपुरिया, लेखबहादुर उप्रेती, मदन रिजाल र प्रल्हाद भटराई छन् ।

भेलामा नेपाली कांग्रेस नगर सभापति अशोक बस्नेत, नेपाल किसान महासंघ झापाका सभापति रतन थिङलाबु, कांग्रेसका पुराना नेता भक्तिप्रसाद सिटौला, सताक्षीधाम धार्मीक पर्यटन विकास संस्थाका अध्यक्ष तथा कांग्रेसका युवा नेता तुलाराम बोखिम, पशुराम ढुंगाना, कमलप्रसाद भण्डारी, शिबसताक्षी–६ का वार्ड अध्यक्ष मनोज खुलाल कार्की लगायतका नेताहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *