शिवसताक्षी, २१ पुस–झापाको दूधे आयुर्वेद औषधालयले स्तनपायी सुत्केरी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण औषधि वितरण छ ।

शिबसताक्षी–११ दुधेस्थित दुधे आयुर्वेद औषधालयले आज (शनिबार) स्तनपायी आमा तथा शिशुको स्वास्थ्य पवद्र्धन कार्यक्रम अन्तर्गत वडा नं। ११ को कार्यालयमा एक कार्यक्रम गरी २ सय जना सुत्केरी महिलाहशरुलाई औषधी वितरण गरेको हो ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर र वडाध्यक्ष बहादुर आङ्गबोले औषधि वितरण गरेका हुन् ।

औषधि वितरण कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले आमा र बच्चाको स्वास्थ्य सुधारको लागि जरिबुटी जन्य औषधी अति उपयोगी हुने बताउदै सहि तरिकाले सेवन गर्न सुझाव दिइन् । उनले कतिपय सुत्केरी महिलाहरुलाई आमाको दुध नआउने समस्या भएकाहरुलाई औषधि प्रभावकारी हुने समेत जानकारी दिइन् ।

आयुर्वेद औषधालयले ६ महिना यता सुत्केरी भएका महिलाहरुलाई आमा र बच्चाको सुरक्षार्थ औषधि वितरण गरेको दुधे आयुर्वेद औषधालयका कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए। उनले जडिबुटी जन्य शतावरी चूर्ण, ज्वानो चुर्ण र दशमल तेल वितरण गरिएको बताए ।

सुत्केरी महिलामा हुने पोषणको कमी र व्यायाम अभावसाथै दूषित भोजनद्वारा दूधमा आउने खराबी हटाई दूधलाई शुद्ध पार्ने र महिलामा दूधको मात्रा बढाउन लागि औषधिले प्रभावकारी रुपमा काम गर्ने कविराज पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रति व्यक्ति ८ सय बराबरको औषधि वितरण गरिएको हो ।

कार्यक्रममा सुत्केरी महिला तथा शिवसताक्षी नगरपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई अभिमुखिकरण समेत गरिएको थियो । अभिमुखिकरणको शिवसताक्षी नगरपालिकाका स्वास्थ्यकर्मी संजय ठकुरीले सहजीकरण गरेको दुधे आयुर्वेद औषधालयले जनाएको छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष बहादुर आङ्गबो लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालक कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले गरेका थिए ।

ज्वानोको प्रयोग किन गर्ने ?
स्तनपान गराई रहेका आमा तथा बच्चाहरुलाई स्वस्थ राख्न माथि उल्लेखित भिटामिन तथा मिनिरल्सहरुको परिपूर्ति हुने साथै ज्वानोले दुध उत्पादनमा सहयोग गर्दछ, सुत्केरी अवस्थामा हुने शरीर तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्दछ,गर्भाशयलाई स्वस्थ राख्दछ साथै खाना रुचि गर्दछ ।

ज्वानो स्तनपायीआमाले कतिमात्रामा, कसरी प्रयोग गर्ने ?
ज्वानोको विउको धुलो (चूर्ण) लाई ३ देखि ६ ग्राम सम्म विहान बेलुकीखाना पछि दुधवापानी संग वा झोल पकाएर ३ पटक सम्म स्तनपायीआमाले प्रयोग गर्नु पर्दछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *