झिलझिले, २१ पौष–राष्ट्रिय निजी तथा आवसिय बिद्यालय एसोसियसन, नेपाल (एन-प्याब्सन) झापाले आज पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

सातौ झापा जिल्ला अधिबेशनबाट सर्वसम्मत प्रेम शेर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएका कार्यसमितिलाई शिवसताक्षीको झिलझिलेस्थित होटल युङ्गीमा एक कार्यक्रमबीच पद हस्तान्तरण गरिएको हो । एन प्याबसन झापाका अध्यक्ष शेर्माको शिबसताक्षी–१ धरमपुरमा नामबीन अंग्रेजि बिद्यालय सञ्चालनमा छ ।

खिबराज भट्टराईको अध्यक्षता तथा एन-प्याबसका केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि झापा जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख राजकुमार बिश्वकर्मा, शिवसताक्षी नगर प्रमुख मेघाहाङ्ग थोप्रा, एन प्याबसन केन्द्रीय सदस्य सन्जिब राई, प्याबसन झापा अध्यक्ष गौरीमान फागो लगायतले शुभकामना मन्तब्यसहित आ–आफ्नो धारणा रखेका थिए ।

सो अवसरमा जिल्ला अध्यक्ष खिबराज भट्टराईले आफ्नो कार्यकालमा भए-गरेका कार्यहरुको चर्चा गरेका थिए ।

त्यसैगरि, शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै इस्ट होराइजन धुलाबारीका सस्थापक प्रिन्सिपल तथा एन-प्याबसन केन्द्रिय सदस्य सन्जीब राईलाई सम्मान गरिएको छ । राईलाई दोसल्ला र ढाकाटोपी ओढाउनुका साथै सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले राज्यले ल्याउन लगेको शिक्षा विधेयक सबै बिद्यालय मैत्री ल्याउन आग्रह गरे ।

यता, शिवसताक्षीका नगर प्रमुख मेघाहाङ्ग थोप्राले राज्यले निजी विद्यालयहरुलाई सौतेनी ब्यबाहार गरेकोले त्यस्तो नगर्न आग्रह गर्दै समान ब्यबाहर गार्नु पर्ने बताए ।

सातौ, झापा जिल्ला अधिबेशनबाट सर्वसम्मत अध्यक्षमा प्रेम शेर्मासहित उपाध्यक्षमाद्धय ओमबिक्रम नेम्बाङ र मोहन आचार्य, सचिब भगिरथ राई, कोषाध्यक्ष गुणराज गिरी, सहसचिव मानबहादुर लिम्बु, सह कोषाध्यक्ष किरण अधिकारी रहेका छन ।

त्यस्तै, सदस्यहरुमा क्रमशः मनकुमारी पन्धाक, हजेन्द्र कुमार बस्नेत, अमृत सुन्दास, गोबिन्द राजबन्शी, पुष्कर बुढाथोकी र दुर्गाप्रसाद उप्रेती रहेको बताइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *