गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), २२ पौष–झापाको शिबसताक्षी–८ डुडामारी स्थित डुडामारी बजार व्यवस्थापन समितिले वडा दशैं र तिहारको अवसरमा आयोजना गरेको हाउजी मिनी मेलाको आय–व्यय सार्वजनिक गरेको छ ।

आज (आइतबार) डुडामारी बजारमा पत्रकार सम्मेलन गरेर हाउजी मिनी मेलाको आम्दानी र खर्चको विबरण सार्वजनिक गरेको हो । बजार व्यवस्थापन समितिका अध्यक्ष तथा मिनी मेला आयोजक समितिका संयोजक बिक्रम लावोतीका अनुसार दशै र तिहारमा आयोजित सो मिनी मेलामा खर्च रु २५ लाख ५६ हजार ७ सय २० छ भने रु ४ लाख ७५ हजार बचत भएको छ ।

सो मिनी मेलाबाट आम्दानीको केही रुपैया सामाजिक सेवामा समेत खर्च छुट्याइएको छ । डुडामारी नजिकै फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको कोषमा उपलब्ध गराउने उदेश्यले रु २५ हजार प्रदान गर्नेगरी छुट्याइएको छ ।

स्थानीय भगवती आधारभूत विद्यालय, अरुणोदय आधारभूत विद्यालय र बालसेवा अधारभुत विद्यालका अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको उपाध्यक्ष नीलबहादुर भट्टराईले जानकारी दिए ।

त्यस्तैं, डुडामारी बजार व्यवस्थापन समितिको अक्षयकोष निर्माणका लागि रु २ लाख र आपतकालिन अवस्थामा सहयोग उपलब्ध गराउने भन्दै बजार व्यवस्थापन समितिले रु २ लाखको आपतकालिन कोृष स्थापना गर्ने भएको छ ।

त्यसैगरी, मिनी मेलाको अवधिभरी विभिन्न संघसंस्था र क्लबहरुले सहयोग माग गरिएको, आर्थिक अभावमा उपचारमा समस्या भएका बिरामी वा पीडितहरुलाई रु ७ लाख, १७ हजार ३ सय प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आगामी दिनमा बजार आसपासमा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सिसी टिभी जडान गर्ने योजना रहेको अध्यक्ष लावोतीले जानकारी दिए । सो अनुसार सिसी क्यामेरा जडानका लागि रु १ लाख ५० हजार खर्च भखर्च गर्ने योजना छ ।

बजार व्यवस्थापन समितिका सचिव बिक्रम नेम्बाङले मेलामा मनोरञ्जनात्मक बनाउन राष्ट्रिय ख्याती प्राप्त गायक, कलाकार र म्यूजिक ब्याण्डहरुलाई निमन्त्रणा गरिएको र सो वापत रु २ लाख २५ हजार खर्च भएको जानकारी दिए ।

मेलामा साउण्ड सिस्टममा रु ३ लाख, अतिथी सत्कार, गायक र कलाकारहरुको खाना तथा मायाको चिनो वापत रु १ लाख १ हजार ६ सय ६०, प्रचारप्रसारका लागि यातायात र डिजेल–पेट्रोलतर्फ रु ५५ हजार, स्टेज निर्माण, व्यवस्थापन लगायत प्रशासनिक क्षेत्रमा सिफारिसको शिलशिलामा रु १ लाख ७३ हजार लगायतको शिर्षकमा खर्च भएको छ ।

बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सावित्र कार्कीका अनुसार डुडामारी बजारमा कार्तिक २ गतेबाट मंसिर ३ गतेसम्म हाउजी मिनी मेला सञ्चालन भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *