पाडाजुङ्गी (कमल), २२ पुस–कमल गाउँपालिका–६ लखनपुर साना किसान कृषि सहकारी संस्थाको दशौ बार्षिकोत्सवका अवसरमा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन गरिनुका साथै निःशुल्क दन्त शिविर समेत गरिएको छ ।

सहकारीसहित नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको संयुक्त आयोजना तथा सहकारीको प्राङगणमा भएको खुला रक्तदानमा १९ महिलासहित ५० जनाले रगतदान गरेका कार्यक्रम संयोजक निर्मलादेवी अधिकारीले बताईन् । यसैगरि, दमकको आमा डेन्टल केयर प्रालिको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर सञ्चालन गरिएको छ ।

सहकारीसहित नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको संयुक्त आयोजना तथा सहकारीको प्राङगणमा विहिबार भएको खुला रक्तदानमा १९ महिलासहित ५१ जनाले रगतदान गरेका कार्यक्रम संयोजक निर्मलादेवी अधिकारीले बताईन् ।

रक्तदानमा सहकारीकी अध्यक्ष तिलरुपा बाँस्तोला, लेखा समिति सदस्य बिमला राई, रेडक्रस कमल उपशाखाका सचिव पारषमणि राई लगायत सहकारीका सञ्चालक समिति, कर्मचारी, रेडक्रसका पदाधिकारी ,सदस्यहरु, शेयर सदस्यहरु लगायतले रगतदान गरेका थिए ।

सहकारीले आफनो बार्षिकोत्सवमा रक्तदानसहित विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।
रक्तदान रेडक्रस दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो भने रक्तदाताहरुलाई प्रंशसापत्र, सहकारी अंकित टिसर्ट समेत प्रदान गरिएको थियो ।

यसैगरि, आजनै दमकको आमा डेन्टल केयर प्रालिको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर सञ्चालन गरिएको प्रवन्धक टंकप्रसाद पराजुलीले बताए । बार्षिकोत्सवकै अवसरमा आजनै प्रदेशसभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरिनु साथै त्यस ठाँउलाई साना किसान चौंक समेत बोर्ड झुण्डाएर नामकरण गरिने कार्यक्रम रहेको अध्यक्ष बाँस्तोलाले जानकारी दिईन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *