इलाम, २४ पौष–इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्। माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका हुन्।

बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए। घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज विहान ३ः२० बजे उनको मृत्यु भएको हो।

कक्षा ११ मा अध्ययन गर्ने जीवन दिलकुमारका एक्लो छोरा थिए। घटनापछि हिजो बेलुका नै स्थानीयले पक्राउ गरी दिलकुमारलाई प्रहरीको जिम्मा लगाएको स्थानीय पत्रकार बुद्धराज योङहाङले जनाएका छन्।

घटनाको जानकारी हुनासाथ प्रहरी चौकी महमाईबाट प्रहरी टोली खटिएर खुकुरी प्रहार गर्ने दिलकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *