दमक, २४ पौष–बढ्दो लागुऔषधको प्रयोग र यसबाट उत्पन्न समस्यालाई न्यूनिकरण र नियन्त्रण गर्न झापाको दमकमा यतिवेला जनप्रतिनिधिहरु, सामाजिक संघसंंस्था, महिला, बुद्धिजिवी, शिक्षक, प्राध्यापक, विद्यार्थी, मजदुर, श्रमिक, प्रहरी र पत्रकारहरु एक जुट भएका छन् ।

कोशी प्रदेशका मूख्यमन्त्री केदार कार्कीको उपस्थितिमा गत मंसिर २६ गते दमक नगरपालिकाले कस्मिक पार्टी प्यालेसमा एक भब्य समारोहबीच लागुऔषध नियन्त्रण, रोकथाम, संचेतना र उपचार अभियानको उद्घाटन गरिएको थियो ।

सो अवसरमा दमकमा बढ्दो लागुऔषध प्रयोगकर्ताहरुको पहिचान र नियन्त्रण गरी विपन्न परिवारका व्याक्तिहरुलाई उपचार गराउने र पाँच वर्षमा लागुऔषध मुक्त तथा स्वास्थ्य युवामैत्री नगर बनाउने लक्ष्यसहित अभिायनको घोषणा गरिएको थियो ।

यसैबीच, आज (मंगलबार) दमक नगरपालिकाको आयोजनामा दमकको कस्मिक पार्टी प्यालेसमा वडा नंम्बर ८ स्तरीय समिति र स्थानीय सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दमक ८ का अध्यक्ष दिपेश दाहालको अध्यक्षतामा र नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको दमक नगर इसाई समाजका अध्यक्ष तथा दमक नगर स्तरीय समितिका सदस्य पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो ।

अभियानलाई सफल पार्न पुस १६ देखि दमक नगरका १० वटै वडाहरुमा वडा स्तरीय समितिहरु गठन गर्दे लागुऔंषध दुर्व्यसनि सचेतना अभियान सञ्चालन गरिने थुलुङले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा लागुऔंषध दुर्व्यसन तथा सामाजिक कुरिती बारे यसका रोकथाम तथा बच्ने उपाय बारे दमक नगर उपप्रमुख भट्टराई, प्रहरी निरिक्षक धनबहादुर राजवंशी, सामाजिक विकास समिति संयोजक शारदा भट्टराई र लागुऔंषध दुर्व्यसनि सचेतना अभियान समितिका दमक नगर सदस्य आकाश थुलुङले आफ्नो भनाइ राखेका थिए । उक्त कार्यक्रम मार्फत बृहत छलफल भएको छ।

सो कार्यक्रमको सञ्चालन दमक नगरपालिका सामाजिक शाखाका केशब प्रसाईंले गरे भने स्वागत मन्तव्य दमक ८ की वडा सदस्य ममता रसाइलीले गरेकी हुन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *