इटहरी, २४ पौष–नेकपा (एकीकृत समाजवादी) निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को कोशी प्रदेश कार्यालय इटहरीमा विस्तारित बैठक सम्पन्न भएको छ।
यहि पुस १७ गते संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष पबित्रराम थापाको अध्यक्षता विस्तारित वैठक सम्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा पार्टीका पोलिटब्युरो सदस्य धर्मराज निरौला हुनुहुन्थ्यो।
विशिष्ट अतिथि संगठनका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य धनबहादुर कार्की र पार्टी केन्द्रीय सदस्य तथा मोर्चा कोशी इन्चार्ज केशव बहादुर बिष्ट, पार्टी केन्द्रीय सदस्य चिरिन्जिवी भट्टराई हुनुहुन्थ्यो।
अतिथिहरूमा गोविन्द निरौला पार्टी सुन्सरी अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य, पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य गौरी परियार हुनुहुन्थ्यो। इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष पुष्प नारायण धामीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
संगठनका प्रदेश अध्यक्ष थापाले भूतपूर्वहरूका विषयमा अहिलेसम्म सरकारको ध्यान नगएको बताउनु भयो। उहाँले भन्नुभयो,‘१६ वर्षमा पेन्सन पठाएर २० वर्षमा पेन्सन पट्टादिनु र उमेरको हकले सबै नेपाली नागरिकताको आधारमा ६८ वर्षमा वृद्धभत्ता दिदा भूतपूर्व आर्मी र प्रहरीलाई बन्देज गरेर पेन्सनको कुरामा अल्झाउनु लज्जास्पद कुरा हो। यसलाई राज्यले न्यायसंगत रूपमा समस्याको समाधान गर्नुपर्छ।’
संगठनका केन्द्रीय अध्यक्ष कार्कीले भन्नुभयो, ‘भूतपूर्वहरुलाई राज्यले दोस्रो दर्जाको रुपमा हेरेको र हामीले हाम्रा माग पार्टीमा उठाएका छौं पुरा नगरेसम्म विश्राम लिदैनौं। भारत सरकारले पनि १९५० को सन्धिविपरित नेपाली भर्ती बन्द गरेर एकलौटी ढङ्गले अग्निवीरको प्रस्ताव अगाडी सरेर नेपाली युवाहरूलाई रोजगारीको बाटोबन्द गरेको हुँदा, कि युवाहरूलाई रोजगारीको ग्यारेन्टी नेपाल सरकारले गर्नुपर्छ कि भारतले नेपाली भर्ती किन बन्द गर्योरु अभिलम्व नेपाल सरकारले त्यसको विषयमा वार्ता गर्नुपर्छ।’
प्रमुख अतिथिसमेत रहनु भएका पोलिटब्यूरो सदस्य निरौलाले भूतपूर्वहरूका जाहेज माग भएकाले म पनि पार्टीमा कुरा राख्ने आश्वासन दिनु भयो।उहाँले भन्नुभयो, ‘तपाईंहरुको केन्द्रीय अध्यक्ष कमरेड धनबहादुर कार्कीले पार्टीको ७औं केन्द्रीय कमिटीमासमेत पार्टी अध्यक्ष र सम्मानित नेतालाईसमेत ध्यानाकर्षण गराउनुको सिग्ङो पार्टीका जिम्मेवार नेताहरुले थहापाई सकेको हुँदा यो माग कार्यन्वनको लागि हाम्रो साथ भूपूहरुलाई रहनेछ भन्नुभएको थियो। वहाले भूतपूर्वहरुलाई प्रशिक्षण हुने गरी २००६ सालदेखि आजसम्मका कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टी ९एकीकृत समाजवादी०को आबको बाटो र जनता का पीडा मा हाम्रो पार्टीको भुमिका सम्बन्धमा कुरा राख्नुभएको थियो।
बैठकबाट प्रदेशमा १३ जना सदस्य मनोनीत गरिएको छ। त्यस्तै, ३ जिल्लाको भेला आयोजक कमिटी निर्माण गरिएको छ। मोरङको संयोजकमा भरतमणी आचार्य, झापाको संयोजकमा नवराज सिलवाल, सहसंयोजकमा भिमप्रसाद बराइली, इलामको संयोजक लालबहादुर खड्का, राजकुमार प्रधान सचिवको जिम्मेवारी दिइएको अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ। अध्यक्ष कार्कीकाअनुसार आगामी २ महिनाभित्र जिल्ला अधिवेशन गरिसक्ने गरी जिम्मेवारी प्रदान गरेको छ।
