दमक, २४ पौष–दमकस्थित आमा डेन्टल केयर प्रालिले आज (मंगलबार) दमक–४ मेची अवास टोलमा निःशुल्क दन्त शिविर आयोजना गरेको छ । मेची सहकारी संस्थाले स्थापना गरेको मेची आवास अन्तर्गत मेची टोलमा आमा डेन्टल केयर प्रालिले निःशुल्क दन्त शिविर आयोजना गरेको हो ।
शिविर सञ्चालन हुनुअघि एक औपचारिक कार्यक्रममा मेची आवास टोल किवास संस्थाका अध्यक्ष मिलन आचार्यको अध्यक्षतामा र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा सो शिविर सम्पन्न भएको हो । कार्यक्रममा दमक–४ का वार्डध्यक्ष पुष्णप्रसाद दाहाल, मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम र आमा डेन्टर केयर प्रालिका प्रबन्धक अर्जुनकुमार श्रेष्ठको उपस्थिति थियो ।
सो शिविरमा बालबालिका, महिला तथा पुरुष गरी २ सय बढीको दन्त परिक्षण गरिएको थियो । शिविरमा मेची आवास टोलवासीहरु र स्थानीयवासीहरुले दन्त सम्बन्धी विभिन्न समस्याहरुका बारेमा जानकारी लिएका थिए । त्यस्तैं, आमा डेन्टल केयर प्रालिका चिकित्सक तथा प्राविधिकहरुले दन्त परिक्षण गर्नुका साथै दन्त सम्बन्धी हेरचारका बारेमा सहजिकरण समेत गरिएको प्रबन्धक अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयो । वहाँका अनुसार दमकसहित आसपासका क्षेत्रमा सामाजिका संघसंस्थाहरुको सहकार्यमा दन्त शिविर सञ्चालन गरिदै आइरहेको छ ।
दमकस्थित जेसिज चोकमा अवस्थित आमा डेन्टल केयर प्रालिले सामाजिका उत्तरदायित्व अन्तर्गत दन्त सम्बन्धी निःशुल्क शिविर आयोजना गर्दै आइरहेको प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो ।
