काठमाडौँ, २४ पौष–राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ।

आज साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र( बाट वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो।

समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए। उनका अनुसार समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *