काठमाण्डौं, २४ पौष–आफूलाई धर्मगुरु बताउने रामबहादुर (रामलाल) बमजन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

तपस्वीको भेषमा अनुयायीको हत्या, बेपत्ता तथा आफ्नै आश्रमकी आनीमाथि बलात्कारजस्ता गम्भीर अभियोगमा प्रहरीले उनलाई खोजी रहेको थियो। उनी लामो समयदेखि फरार रहँदै आएका थिए।

बाराको हलखोरिया जंगलमा लामो समयसम्म तपस्या गरेर चर्चा कमाएका बमजनविरुद्ध २३ फागुन ०७६ मा जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि प्रहरीले तीनपटकसम्म उनी बस्दै आएको भनिएको सिन्धुलीस्थित आश्रममा छापा हाने पनि उनी फेला परेका थिएनन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *