काठमाडौं, २८ पौष–तराईका अधिकांश स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ।
राति गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
