काठमाडौं, २८ पौष–दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।

काठमाडौंको चन्द्रागिरीका ६५ ताराकान्त पाण्डे, बाँके नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।

मृतकमध्ये चारजनाको सनाखत हुन बाँकी रहेको कार्यालयकी प्रहरी जवान रेनु बोहराले जानकारी दिइन्। घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताइन्।

घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सातजनाको बुटवल​मा र दुईजनाको भालुवाङमा उपचार भइरहेको छ। चालक सकुशल रहेको र नियन्त्रणमा रहेको बोहराले जानकारी दिइन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *