बिनोद राई

काठमाडौं, २८ पौष–भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा इलामका राईले उपाधि उचालेका हुन् ।

बिजेता राई कोच मिलन नेवार समूहको हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *