माइधार (शिवसताक्षी), १ माघ–झापाको कनकाई माइ मेला यस वर्ष निकै व्यवस्थित भएको देखिएको छ । अघिल्ला वर्षहरुमा भीड भाड हुने कनकाई पुलमा पैदल यात्रुको संख्या सुन्य रहेको पाएको छ ।

शिवसताक्षी-१० माइधारस्थित कनकाई माइधाम वरपर भीड देखिए पनि जनपथ र ट्राफिक प्रहरीको सक्रियताले कनकाई पुलमा सवारी साधन सहज तरिकाले वार पार भएको थियो ।

मेला समिति संयोजक वडा नं। १० वडाध्यक्ष हर्क सिगुले २ सय ५० जना सुरक्षा कर्मी र नगर प्रहरी परिचालन गरिएको बताए ।
उनले मेलालाई अघिल्ला वर्षहरु भन्दा भक्तजनहरुको सुरक्षा र सावरी साधन जावत जावतलाई सहज बनाउन पर्याप्त मात्रामा स्वयमसेवक पनि परिचालन गरिएको जानकारी दिए ।

कनकाई माई पश्चिम माइधामबाट कनकाइ पूर्व कोटिहोम जानको लागि कनकाई पुल उत्तर अस्थायी रुपमा पुल निर्माण गरिएको थियो ।

मंकर संक्रान्ति माइ मेलाको हिजो शिवसताक्षी नगरपालिकाका नगरप्रमुुख मेगाहाङ्ग थाप्रा, उपप्रमुख नगरमाया कार्कीले उद्घाटन गरेका थिए ।

माई मेलामा झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर ताप्लेजुङ्गलगायत भारतको सिलगुडी, सिक्किम, दार्जिलिङ्ग, असाम, मणीपुर भुटानबाट पनि मकर नहाउन भक्तजनहरु आउने गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *