गोविन ल्वागुन/झिलझिले, ४ माघ–झापाको शिवसताक्षी–८ मा वडा कार्यालयले हात्ती प्रभावित क्षेत्रहरूका नागरिकलाई १० थान साइरन बितरण गरेको छ । बितरण गरिएको साइरन प्रति गोटा १४ सय ५० रुपैयामा खरिद गरिएको हो ।
आज (बिहिबार) झिलझिलेस्थित वडा कार्यलयमा एक कार्यक्रमबीच १० थान साइरन बितरण गरिएको वडा अध्यक्ष सन्तकुमार फेवदिनले बताउनुभयो । साइरन बितरण कार्यक्रममा वडा सदस्यहरु सुरेन तामाङ, ज्ञानु लाइटेल, वडा सचिव पुष्प पाण्डे लगायतको उपस्थिति थियो ।
सोही अवसरमा वडा अध्यक्ष फेवदिनले शिवसताक्षी–८ का जङ्गली हात्ती प्रधावित क्षेत्रका स्थानीयवासीहरुलाई चाडै १ सय वाटको हेलोजिन लाइट पनि बितरण गर्ने बताउनुभयो ।
हाक्ति प्रधावित क्षेत्रका लािग बितरण गरिएको साइरन प्रति गोटा १४ सय ५० रुपैयामा खरिद गरिएको शिबसताक्षी–८ का वडा सचिब पुष्पलाल पाण्डेले जानकारी दिनुभयो ।
जङ्गल बिनास भएसंगै दैनिक जसो जंगली हात्ती आहारको खोजीमा मानब बस्तीतर्फ आउन थालेपछि स्थानीयवासीलाई रात बिताउन समस्या भएको छ । सो साइरन जङ्गली हात्तीलाई तर्साएर खेदाउनको लागि प्रयोग गरिने छ ।
गत पुसमा, शिबसताक्षी–११ दुधेस्थित उत्तर गाउँमा जङ्गली हात्तीले घर भत्काउनुका साथै एक जानाको ज्यान समेत लिएको छ । सो घटनापछि स्थानीयहरु त्रसित बनेका छन् ।
