जनता बजार (शिवसताक्षी), ७ माघ–झापाको कमल–३ केर्खामा मूख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा माइण्ड पावर एण्ड करियर इन्टरनेशनल टेनिङ्ग सेन्टर विराटनगरको प्राविधिक सहयोगमा शिवसताक्षी ५ जनता बजार (पाँचगाछी) मा ‘माटो बचाउ अभियान’ सम्बन्धी एक दिने तालिम’ सम्पन्न भएको छ ।

पाँचगाछीस्थित जनता बजार सेवा केन्द्रका संयोजक सन्तोस इजमका अनुसार केर्खामा मुख्य कार्यालय रहको नवोदय सहकारी संस्थाले स१चालन गरेको सो तालिममा शिवसताक्षी वडानम्बर ५ लगायत छिमेकी वडाका ८० जनाभन्दा बढी कृषक सहभागी थिए ।

कनकाई नहर जल उपभोक्ता संस्थाको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले भने-‘पछिल्लो समय माटोमा प्रयोग गरिने विभिन्न रसायनिक तथा विषादीका कारण दिनानु दिन माटो खराब भइरहेको छ ।

सोही माटोमा उत्पादित खाद्यबस्तु प्रयोग गर्नाले मानिसमा क्यान्सर लगायत विभिन्न प्राणघातक रोग पनि लाग्ने गरेका हो । सो को न्यूनीकरणका लागि संस्थाका सदस्यबीच माटो बचाउन अभियान सञ्चालन गरिएको छ । सहभागीलाई माइण्ड पावर एण्ड करियर इन्टरनेशनल टेनिङ्ग सेन्टर विराटनगरका विपी रेग्मी, अम्बिका घिमिरे र सन्जोग लिम्बूले सहजीकरण गरेका थिए ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिका संयोजक सोम अधिकारीको अध्यक्षतामा आउोजित तालिम कार्यक्रममा शिवसताक्षी ५ का वडाध्यक्ष सिकिन पासवानले अनावश्यकरुपमा माटोमा रसायनिक र विषादी प्रयोग गरेका कारण आज हाम्रो खेतको माटो खराब भएको बताए । यदि यो माटो बनाउन सकेनौ भने हामी पनि बाँच्न सक्दैनौ । त्यसैले यस्तो महत्वपूर्ण अभियानमा हामी सबै लाग्नुपर्ने बेला आएको छ, वडाध्यक्ष पासवानले बताए ।

जनता बजार सेवाकेन्द्र संयोजक सन्तोस इजमले शाब्दिक स्वागत गरेको सो तालिम कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *