दमक, ७ माघ–यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरिएको बोर्ड अध्यक्ष डा। महाश्रम शर्माले बताएका छन् । बीचमा होली पर्व परेकाले त्यसपछि परीक्षा गर्ने गरी मिति तय गरिएको उनले बताए । होली पर्व चैत ११ र १२ गते रहेको छ।

परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् । यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *