दमक, ७ माघ–राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत तेक्वान्दो प्रतियोगितामा आज सम्पन्न विभिन्न तौलतर्फ १२ जना खेलाडीहरु बिजेता भएका छन् । दमक नगरपालिका शिक्षा तथा खेलकुद शाखा कार्यालयले हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी विद्यालयमा आयोजना गरेको प्रतियोगितामा १२ जना खेलाडीहरु बिजेता भएका हुन् । बिजेता खेलाडीहरुले झापा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागिताका लागि छनौट भएका हुन् ।

नेपाल सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जितबहादुर (जीतु) धिमालका अनुसार प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरी १२ जना खेलाडीहरु छनौट भएका छन् । उनीहरुले आगामी फागुनमा सम्पन्न हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत तेक्वान्दो प्रतियोगितामा सहभागि हुने अवसर पाउने भएका अध्यक्ष धिमालले जानकारी दिनुभएको छ । ्

छनौट भएका खेलाडीहरुमा महिलातर्फ ४२ केजीमा देन्सु योगी (सर्वोदय अंग्रेजी स्कुल) प्रथम, रेसु धिमाल (हिमालय माध्यमिक विद्यालय) द्धितिय र दीप्सा पौडेल (हिमज्योती अंग्रेजी स्कुल) तृतीया भएकी छन् ।

महिलाहरुको ४४ केजीतर्फ सुप्रिया नेम्बाङ (हिमालय माध्यमिक विद्यालय) प्रथम र गरिमा बस्नेत (सर्वोदय अंग्रेजी विद्यालय) द्धितिय भएका छन् । ४६ केजीतर्फ निकिता तामाङ (हिमालय माध्यमिक विद्यालय) प्रथम, लाजेमा लिम्बू (एकता एकाडेमी स्कुल) द्धितिय र युजिना पोख्रेल (हिमज्योती स्कुल) तृतीया भएका छन् ।

त्यस्तैं, ४९ केजीतर्फ प्रतिमा बम्जन तामाङ (सर्वोदय अंग्रेजी स्कुल) प्रथम र रैना विक (एकता बोडिङ स्कुल) द्धितिय भएका छन् । महिलाहरुकै ५२ केजीतर्फ प्रकृती राई (सर्वोदय अंग्रेजी विद्यालय) प्रथम, सुमिना धिमाल (एकता एकाडेमी) द्धितिय र दीक्षा तिवारी (हिमज्योती स्कुल) तृतीया बन्न सफल भएकी छन् ।

यता, पुरुषतर्फ ४५ केजीतर्फ प्रिन्स भुजेल (सर्वोदय अंग्रेजी व्रिद्यालय) प्रथम, प्रनिष तामाङ (पर्ल एकाडेमी) द्धितिय र प्रिन्स राई (एकता एकाडेमी) तृतीया भएका छन् । ४८ केजीतर्फ इसाई राई (सर्वोदय अंग्रेजी स्कुल) प्रथम, प्रिन्स विक (अक्सफोर्ड अंग्रेजी स्कुल) द्धितिय र अंकित भट्टराई (हिमालय माध्यमिक विद्यालय) तृतीया बन्न सफल भएका छन् ।

त्यसैगरी, ५१ केजीतर्फ पुरुषहरुमा सुप्रिम राई (सर्वोदय अंग्रेजी स्कुल) प्रथम, इन्दिप धिमाल (हिमालय माध्यमिक विद्यालय) द्धितिय, अर्पित धिमाल (हिमज्योती स्कुल) तृतीय र सुलभ श्रेष्ठ (हिमज्योती स्कुल) तृतीय भएका छन् । ५५ केजीतर्फ आयुस धिमाल (हिमालय माध्यमिक विद्यालय) प्रथम, राहुल धिमाल (पर्ल एकाडेमी) द्धितिय र आदेश गौतम (अक्सफोर्ड एकाडेमी) तृतीय भएका छन् ।

त्यस्तैं, ५९ केजीतर्फ पुरुष खेलाडीमा रोहित गुरागाई स्वतः बिजेता बनेका छन् । गुरागाईका प्रतिस्पर्धी नभएपछि प्रतियोगिताका जुरी तथा रेफ्रिहरुले बिजेता घोषणा गरेका हुन् ।

प्रतियोगितामा पुम्से (काटा) तर्फ पुरुषहरुमा युनिक कार्की (हिमालय माध्यमिक विद्यालय) प्रथम र अंकित विक (एकता एकाडेमी) द्धितिय भएका छन् । त्यसैगरी, महिलाहरुतर्फ पुम्सेमा इक्सा मादेन लिम्बू (सर्वोदय अंग्रेजी विद्यालय) प्रथम, रञ्जिता तामाङ (हिमालय माध्यमिक विद्यालय) द्धितिय र पूजा लामिछाने (एकता एकाडेमी) तृतीय भएकी छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी (फाइटर) तर्फ पूरुष खेलाडीमा प्रिन्स भुजेल र महिला खेलाडीमा निकिता तामाङ घोषित भएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला खेलकु्द संघबाट बसन्त धिमाल, जिल्ला तेक्वान्दो सघ झापाबाट प्राविधिक टोलीमा वरिष्ठ प्रशिक्षक हरि भुजेल, जीतेन मेचे, प्रशिक्षक बिबेक गिरी, लक्ष्मी राजवंशी, मिरा काफ्ले, मनु कटुवालले जुरी र रेफ्रिको भूमिकामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा संविधानसभाकी सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, दमक नगरपालिका शिक्षा तथा खेलकुद शाखा कार्यालयका अधिकृत प्रविण खड्का, बेलायत (युके) स्थित नेपाल सगरमाथा तेक्वान्दो दोजाङका वरिष्ठ उपाध्यक्ष रन्दिप राई, एकता एकाडेमीका शिक्षक प्रतिनिधि अजुृन रेग्मी लगायतको उपस्थिती थियो ।

कार्यक्रममा नेपाल सगरमाथा तेक्वान्दो दोजाङका उपाध्यक्ष तथा सर्वोदय अंग्रेजी विद्यालयका प्रिन्सिपल नबीन योगीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सल्लाहकार अनिलदेब राईले सञ्चालन गर्नुभएको थियो । सो प्रतियोगिताको उद्घाटनअघि युेकस्थित सगरमाथा तेक्वान्दो दोजाङका संस्थाकप अध्यक्ष ग्राण्डमास्टर तथा पूर्व बिट्रिस आर्मी स्वर्गीय राष्टकुमार राईको तस्विरमा पुष्पगुच्छा अर्पण गरिएको थियो भने सर्वोदय अंग्रेजी विद्यालयका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *