काठमाडौँ, ८ माघ–इङलिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले शानदार जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली बर्नमाउथलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २–२ गोल गरे। लिभरपुलले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

जितपछि लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । लिभरपुलले २१ खेलमा १४ जितसहित ४८ अंक बनाएको छ । १ खेल कम खेलेको म्यानचेस्टर सिटीको ४३ अंक छ ।

२१ खेलमा ४३ अंक नै रहेको आर्सनल तेस्रो स्थानमा छ । बर्नमाउथ २० खेलमा २५ अंकसहित १२औँ स्थानमा छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *