झापा, ८ माघ–कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवम् नामाकरण विवाद वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले बहुपहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अगाडि बढाउने तयारी भएको बताएका छन् ।
वार्ता समिति गठन बारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान र कानूनका आधारमा प्रदेशको नामाकरणको विवादलाई समाधान गरिने समेत बताए । मन्त्री जबेगुले चाडै नै समितिको बैठक बसेर आन्दोलनरत पहिचान पक्षधरहरुलाई वार्तामा बोलाउने जानकारी दिए ।

