गोविन ल्वागुन / दमक, ९ माघ–प्रकाश सरकर उमेरले ४ दशक उकालो लागे पनि सिपले खारिएका । प्रकाश मोटरसाइकल मेकानिक हुन । उनलाइ मोटरसाइकल इन्जिनियर भन्दा फरक नपर्ला । किनकी उनले जस्तो सुकै मोटरसाइकल मर्मत गरेर ग्राहकको चित्त बुझाएका छ्न ।
जीवनको डेड दशक बढी मोटरसाइकल मर्मतमानै बिताएका उनले दमकस्थित बजाज सोःरूममा हेड मिस्त्री भएर १६ बर्षसम्म काम गरेको अनुभब छ । पछिल्लो समय, दमकस्थित लाइफ लाईन अस्पताल उत्तरतर्फ प्रकाशले रु ५ लाखको लगानिमा आफ्नै न्यु पाथिभरा वर्कसप सन्चालन गरी रहेका छन् । वर्कसमा आएका आफ्ना ग्राहकलाइ सेवा मार्फत सन्टुष्टी दिदै आइरहेका छन्ः प्रकाशले ।
दैनिक १० देखि २० वटासम्म मोटरसाइकल सर्भिसिङ्ग र मर्मत गर्दै आएको प्रकाशले हाल आफुसहित २ जनालाई रोजगार दिदैं आइरहेका छन् । उनि भन्छ्न्ः ‘सिप र जागर भए स्वदेशमानै परिवारसंग बसेर पनि राम्रै आम्दानी गर्न सकिदो रहेछ ।’ १८ बर्ष अघि साथीको लहैलमा लागेर बिराटनगरस्थित घर-परिवार छोडेर धरान पसेका थिए प्रकाशले । उनले त्यहि एक मोटरसाइकल वर्कसपमा काम सिकेको बताउछ्न । दुख गरेर काम सिकियो अहिले यहि कामले परिवारको सम्पुर्ण खर्च धानेको छ ।
धरानमा काम गर्दाको अवस्थामा दमकस्थित बजाज सोरुमका सन्चालक सङ्गम शर्मासंग भेट भयो अनि दमकको यात्रा तय भयो । दमकस्थित बजाजको सोरुममा १६ बर्षसम्म काम गरे । उनि भन्छ्न्ः ‘अहिले सोरुम बन्द भयो र अरुलेनै बजाज सोरुम सन्चालन गर्दैछन् ।’
वर्कसप बन्द भएपछि प्रकाशले आफ्नै लगानिमा १५ महिनाअघि दमकमा वर्कसप सन्चालनमा ल्याएका हुन् । सोरुममा आउने ग्राहकहरु अहलिे प्रकाशको नयाँ वर्कसपमा आउने गरेका उनले सुनाए ।
मेहनत र परिश्रम गर्न सके बिदेशमा भन्दा राम्रो कमाउन सकिने गतिलो उदाहरण बनेका छ्न प्रकाश । साधरण अध्यान गरेका प्रकाशले अहिले मासिक ५० हजार भन्दा माथि आम्दानी गर्न सकेको उनले बताए । घरको काइलो छोरा प्रकाशले २ छोरीलाइ राम्रै निजी स्कुलमा पठनपाठन गराइरहेका छन् । डेरामा बस्दै आएका प्रकाशले पाडाजुङ्गीमा १० धुर जमिन खरिद गरिसकेको र समयले साथ दिए अर्को बर्षमा घर निर्माण गर्ने योजना रहेको सुनाए ।
प्रकास जस्तै पौरखी हातहरुलाइ स्थानीय सरकारको पनि साथ सहयोगको खाचो छ । यता, मोरङ्गका ग्राहक अम्बर लिम्बुले बिगत ३ बर्ष मिक्लाजुङदेखि प्रकाशलाइनै मोटरसाइकल मर्मत गराउदै आएको सुनाए । अन्यत्र वर्कसपमा भन्दा राम्रो र भरपर्दो सेवा पाइने भएकोले आफु सधै यहि वर्कसपबाट सेवा लिदै आएको लिम्बुले बताए ।
