दमक–सुन्दर समाज नेपालले आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार भब्य कार्यक्रमबीच दमक–५ स्थित एक घरमा कार्यालयको उद्घाटन गरिएको छ । कार्यालय उद्घाटनको अवसर पारेर दमकमा महिलाहरुको नेतृत्वकर्ता, लेखिका तथा शिक्षिका दुर्गा काफ्लेलाई सम्मान गरेको छ ।
६ बर्षअघि दमकका दुई दर्जन बढी कृयाशिल महिलाहरुले स्थापना गरेको सुन्दर समाज नेपालले आफ्नो कार्यलय उद्घाटन गरेको हो । सो अवसरमा काफ्लेलाइ दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको हो । उनलाइ दमक नगर उपप्रमुख रेगिना भट्टराईले सम्मान गर्नुभयो।
लामो समयदेखि शिक्षण पेशामा आबद्ध रहनु भएको काफ्ले बिभिन्न संघसस्थामा समेत सक्रिय भएर महिलाको प्रतिनिधित्व गरेको भन्दै सम्मान गरिएको सस्थाको अध्यक्ष बिन्दु सिटौला (लक्की) ले बताउनु भयो । सुन्दर समाज नेपाल २०७४ मसिर १८ गते रुपा सेलिङ्गको अध्यक्षता गठन गरि बिभिन्न समजिक कार्यमा सक्रिय रहेको छ ।
समाजले संस्थाका सदस्यहरुको जन्मदिन तथा बिभिन्न कार्यक्रममा हुने फजुल खर्चलाइ कटौती गरि बिभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको बताइएको छ । यस सस्थाले दमकस्थित सरस्वती माबिका दृष्टिबिहिन बिध्यार्थीहरुलाइ न्यानो कपडा र स्टेसनरीका समाग्री बितरण, उर्लाबारीस्थित नमुना बालगृहका बालबालीकाहरुलाइ न्यानो कपडा साथै खाना खुवएको, दमक ३ मा रहेको चुलाचुली आधारभुत बिध्यलयका बिध्यर्थीहरुलाइ न्यानो कपडा बितराण गरेको र दमकको फोहोर मैलो ब्यबस्थापनमा सकृत भुमिका निर्भाह गर्दै आएको छ ।
कार्यक्रममा वाडा नम्बर २ का अध्यक्ष प्रजापति सापकोटा, स्वस्थ्यकर्मी बुद्धि शेखर भट्टराई लगायतले सस्थाको प्रगति सहितको शुभकामना मन्तब्य बोल्नु भएक थियो ।
सस्थाको कार्यलय दमक–५, मामा चोकस्थित लक्की इन्टेरियल डेकोर भएको भवनको तेस्रो तलामा रहेको छ । समाजले सस्थाको सस्थापक अध्यक्ष रुपा सेलिङको जन्मदिन समेत बिभित कार्यक्रम गरेर मनाएको छ ।
