साङ्केतिक तस्विर

काठमाडौं, १० माघ–प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी महनिरीक्षकको सचिवालयले गोरखापत्रमा सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक ९असई० हवल्दार, ३ जना, प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।

उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *