दमक, ९ माघ–जीवन बिमामा उत्कृष्ट व्यवसाय गर्र्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत देशभरीका अभिकर्ताहरु संगठित हुँदै आइरहेका छन् । अभिकर्ताहरुले आफ्नो पेशागत अधिकारका लागि स्थापना गरेको संस्था पेशागत अभिकर्ता संघ कोशी प्रदेश बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पहिलो बैठक झापाको दमकमा सम्पन्न भएको छ ।

गत पुस ९ गते बिराटनगरमा आयोजित प्रदेश स्तरीय भेलाले पेशागत अभिकर्ता संघ कोशी प्रदेश बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गठन गरिएको सचिव श्रीप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

बीमक समिति कोशी प्रदेशका सचिव सिटौलाका अनुसार दमकमा सोमबार सम्पन्न बैठकद्धारा दुई किस्ता बुझाएर अरु किस्ता बुझाउन नसक्ने बीमितहरुको आफ्नो पैशा फिर्ता गराउन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड समक्ष माग गर्ने निर्णय भएको छ ।

त्यस्तैं, बैठकमा अभिकर्ताहरुबीचमा अनावश्यक समस्या र बहस उत्पन्न गराएर अभिकर्ताहरुलाई फुटाउने, पेशागत अधिकारसहित कम्पनी लिमिटेडबाट पाउने सेवा, सुविधा र अधिकार कटौती गरिरहेको प्रती गम्भिर छलफल भएको छ ।

समितिलाई थप सक्रिय बनाउन तालिम र प्रशिक्षण सञ्चालन गर्नुका साथै बीमित र अभिकर्ताको हितमा रचनात्मक काम गर्ने निर्णय गरेको सचिव सिटौलाले जानकारी दिनुभएको छ ।

पेशागत अभिकर्ता संघ कोशी प्रदेश बीमक समिति अध्यक्ष केबी दर्नालको अध्यक्षता र केन्द्रीय बीमक समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

बैठकमा निवर्तमान केन्द्रीय बीमक समिति अध्यक्ष राजेन्द्र आमात्य, सल्लाहकार प्रमुख केबी गरञ्जा, निवर्तमान प्रमुख सल्लाहकार रामकुमार बुडाथोकी, केन्द्रीय उपाध्यक्ष चन्द्रकला सुवेदी, केन्द्रीय सदस्य तेजप्रसाद तिवारी, तेजमणी प्रसाँई, सिता थेबे, भक्तिप्रसाद भट्टराई लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *