काठमाडौं, २० माघ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् । बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् ।
गत बैशाख १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका विमानस्थलका सुरक्षा प्रमुख डीआईजी ठकुरीले १० महिना पुरा गरेर राजीनामा दिएका हुन् ।
तर, उनले किन राजीनामा दिए रु भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन् । पछिल्लो समयमा बढदो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बिचमा भइरहेका असहमति र बिबाद देखा परेको थियो ।

