दमक, २० माघ–किरात भालुमी साम्पाङ राई वंश उत्थान तथा कल्याण समाजको चौथो महाधिवेशनले आगामी कार्यकालको लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

दमकस्थित किरात राई यायोक्खाको साकेला परिसरमा शिुक्रबारबाट सुरु भएको चौथो महाधिवेशन अन्तर्गत आज (शनिबार) सम्पन्न बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व गरेको गरेको हो ।

समाजको अध्यक्षमा जसमान भालुमी साम्पाङ, तीन उपाध्यक्षहरुमा दिलेन्द्र भालुमी साम्पाङ, बिमल भालुमी साम्पाङ, शंकर भालुमी साम्पाङ, महासचिवमा हरिचन्द्र भालुमी साम्पाङ, सचिवमा गणेश भालुमी साम्पाङ र कोषाध्यक्षमा एमएस भालुमी साम्पाङ रहनुभएको छ ।

त्यस्तैं, समाजको सदस्यहरुमा गंगाबहादुर भालुमी साम्पाङ, नरेन्द्र भालुमी साम्पाङ, तिलक भालुमी साम्पाङ, यामबहादुर भालुमी साम्पाङ, सुवास भालुमी साम्पाङ, भवानी भालुमी साम्पाङ, महिला सदस्यमा इन्द्र कुमारी भालुमी साम्पाङ रहनुभएको छ ।

निर्वतमान अध्यक्ष मनोज कुमार साम्पाङको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *