गौरीगंज २१, माघ–दक्षिणी झापाको गौरीगंजमा पहिलो पटक जिल्ला स्तरिय अध्यक्षकप तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ । गौरीगञ्ज–३ वडा कार्यालयको आर्थिक सहयोगमा र गौरीगन्ज तेक्वान्दो डोजाङले आयोजना गरेको वडाध्यक्ष कप तेक्वान्दो प्रतियोगितामा दमक सगरमाथा तेक्वान्दोसहित जिल्लाको विभिन्न डोजाङका १ सय बढी खेलाडीहरुले सहभागिता जनाएका थिए ।
सो प्रतियोगितामा दमक सगरमाथा तेक्वान्दो डोजाङका अलग–अलग तौलतर्फ प्रतिस्पर्धामा दुई स्वर्ण पदकसहित ८ जनाले पदक जित्न सफल भएका छन् । पदक बिजेता खेलाडीहरुमा महिलाहरुबीच ४९ केजीतर्फ लाजेमा लिम्बु (एकता एकाडेमी स्कुल) र ३८ केजीतर्फ महिला खेलाडीमा रेशु धिमाल (हिमालय माध्यमिक विद्यालय) ले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । रेशु प्रतियोगिताकै वेष्ट फाइटर खेलाडीको रुपमा स्वर्ण पदक जितेका हुन् ।
त्यस्तैं, सोही प्रतियोगितामा दमक सगरमाथा तेक्वान्दो डोजाङबाट पुम्से (काँटा) तर्फ सेमिना लिम्बू (सर्वोदय माध्यमिक विद्यालय) ले रजत पदक जित्न सफल भएकी छन् ।
प्रतियोगिता महिलाहरुकै ४६ केजीतर्फ दीप्सा पौडेल (हिमज्योती माध्यमिक विद्यालय), ३१ केजीतर्फ अदिती थापा, हाङमा लिम्बूले काष्य पदक जितेकी छन् । त्यस्तैं, पुरुषतर्फ ३४ केजीमा वीरेन्द्र राइ र सौरभ मगरले काष्य पदक जित्न सफल भएका छन् ।
गौरीगन्ज माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको समुद्घाटन गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले गरेका थिइन् ।
वडा नंम्बर ३ का वडा सदस्य गंगा राजवंशीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वर्डा सदस्यहरु सुशिल राई, सर्मिला राजवंशी, मिना पासवान, झापा जिल्ला तेक्वान्दो समितिका अध्यक्ष बाबुलाल सुब्बा, झापा जिल्ला तेक्वान्दो समितिका उपाध्यक्ष होम दुवाल, तेक्वान्दो प्रदेश समितिका सदस्य चन्द्र गौतम, प्राविधिक इन्चार्ज कर्ण दाहाल, गौरीगंज तेक्वान्दो डोजाङ्गका अध्यक्ष रुपक कुमार राईलगायतको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन गौरीगंज तेक्वान्दो डोजाङ्गका संरक्षक केदार ढुंगेलका गरेको थिए ।
