गोविन ल्वागुन/डुडामारी चौक (शिवसताक्षी), २४ माघ–शिवसताक्षी–८ डुडामारीमा रहेको भगवती आधरभुत बिद्यालयमा स्थानीय एक दाताले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेका छ्न ।

बिध्यलयमा एक कार्यक्रमको आयोजना गरि उक्त अक्षयकोष हाल हङकङमा कार्यरत स्थानीय बुद्धराज सेर्माले आफ्नो दिवङ्गत आमा बुबाको स्मृतिमा हस्तान्तरण गरेको बताइएको छ ।

स्वर्गीय सुखबहादुर र स्वर्गीय जसमाया सेर्मा स्मृति अक्षयकोष नामकरण गरिएको अक्षयकोषबाट बुबा–आमाको पुष्य तिथीको अवसर पारेर बिपन्न बिध्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिनुपर्ने दाता बुद्धराज सेर्माको श्रीमति आशाहाङ्गमा लावती सेर्माले बताईन । उनका अनुसार दिवङ्गत सासु ससुरा बितेर गए पनि उहा हरुको स्मृतिमा अक्षयकोष स्थापन गरेका छौ, यसले बास्तबिक बिपन्न बिध्यर्थीलाइ बितरण गरियोस ।

सेर्मा दम्पती लामो समय देखि हङकङमा बस्दै आउनु भएको छ । सामाजिक कार्यमा सकृय रहेका शेर्मा दम्पतीले छिमेकि बिध्यालयमा पनि यस अघि स्कुल बस गरिद अभियानमा ५१ हजार १ सय ५१ रुपैया सहयो प्रदान गरिसक्नु भएको छ ।

यता बिध्यलयले उक्त अक्षयकोषले बिपन्न परिवारका छात्र–छात्रालाई सहयोग तथा बिद्यालयको शैक्षिक उन्नयनको निमित अक्षयकोषबाट प्राप्त ब्याज खर्च गरिने बिद्यालयका प्रधानध्यापक टेकबहादुर थापा मगरले बताए । उनका अनुसार बिद्यलयमा हाल यो अक्षयकोषसहित ३ वटा अक्षयकोष रहेको छ । जसमा स्वर्गिय सुजना सेर्मा स्मृति अक्षयकोष रु २ लाख १५ हजर, स्वर्गिय नरेन्द्र कुमार सेर्मा स्मृति अक्षयकोष रु १ लाख रहेको जानकारी दिए । यि अक्षयकोषको प्राप्त ब्याजबाट ५० प्रतिशात बिपन्न बिद्यार्थीलाई र ५० प्रतिशात निजि श्रोतका ३ जना शिक्षकहरुको तलब भत्तामा खर्च गरिदै आएको र यसलाइ पनि सोहि अनुसार गर्ने प्र अ मगरले बतए ।

बिध्यलयमा हाल ७ जना प्राबितह स्थायी शिक्षक एक बाल शिक्षक एक बिद्यालय कर्मचारी, ३ जना निजि श्रोतका शिक्षक रहेको बताइएको छ ।

२०३९ सालमा स्थापना भै कक्षा ८ सम्म अध्यपन भएको यस बिध्यालयमा हाल कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन भैरहेको छ र यस बिद्यालयमा बिद्यार्थी भर्ना संख्या १ सय २९ भए पनि नियमित बिध्यालय आउनेको संख्या १ सय ९ जना मात्र रहेको बिद्यालयका प्र अ मगरको भनाइ छ ।

मुख्य सडकदेखि कारिब ३ सय मिटर नजिकै रहेको भाएपनि स्थानीय सरकार र अभिभावकको चासो नभएकै करण यस बिध्यलय ओझेलमा पर्न गएको स्थानीय अगुवाहरुले बताएका छ्न । यसतर्फ सबै सरोकारवालाहारुको ध्यान गए मात्र सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तरसंगै बिद्यार्थी संख्यामा वृद्धि हुने निश्चित छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक सरोकारवलाहरुले बाक्लो उपस्थित रहेको थियो।
सो अवसरमा डुडामारी समाजसेवी क्लबका अध्यक्ष सन्तकुमार आङ्ग्देम्बे, स्थानिय समाजसेवी दलकुमार सेर्मा, बिद्यालय ब्यबस्थापन समिति सदस्य बालाहाङ लिम्बु, जनआस्था साकोसका सचिब गङ्गाप्रसाद ओझा, वडा नम्बर ८ को महिला सदस्य टिकामाया बिश्वकर्मा, बालसेवा आधारभुत बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन लगायतले बिध्यलयको शैक्षिक गुणस्तर सुधारसंगै शुभकामना मन्तब्य बोल्नु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *