काँकरभिट्टा, २४ माघ–झापाको शिवसताक्षी–५ पाँचगाछीका २३ बर्षिय शायद बोहोरा खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बोहरालाई मंगलबार काँकरभिट्टाबाट पक्राउ गरेको हो ।
उनलाई मेचीनगर–६ पुरानो मेचीपुलबाट पक्राउ गरिएको जनाइएको छ ।
बोहोरालाई चेकजाँच गर्ने क्रममा उनले लगाएको कपडाभित्र लुकाई छिपाई ल्याउदैं गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोइन ६ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
