धरमपुर, २४ माघ–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत बिद्यालयले यहि फागुन २४ गते स्वर्ण महोत्सव मनाउने तयारी गरिरहेको छ । स्वर्णमहोत्सव तयारी तथा व्यवस्थापन भइरहदाँ बिद्यालयले यसै शैक्षिक सत्रदेखि स्कुल वस सञ्चालन गर्ने योजनाका साथ आर्थिक सहयोग अभियानलाई तीब्रता दिइएको छ ।
बिद्यालयका पूर्व बिद्यार्थीहरु, उद्यमी तथा व्यवसायीहरु, सामाजिक संघसंस्था, राजनीतिक दलहरु, शैक्षिक व्याक्तित्वहरु र अभिभावकहरुले स्कुल वस सञ्चालनका लागि आर्थिक सहयोग सङ्कलनमा सक्रियता देखाएका छन् । यसैबीच, बिद्यालयले सञ्चालन गरेको स्कुल वस खरिद सहयोग अभियानमा बिद्यालयका पूर्व बिद्यार्थी तथा वडा नम्बर २ का अध्यक्ष भीमबहादुर नेम्बाङले रु ५१ हजार सहयोग गरेका छन् ।
बिद्यालयले यसै शैक्षिक सत्रदेखि स्कुल वस सञ्चालन गर्ने लक्ष्यसहित सहयोग संङ्कलन अभियानलाई पूर्व बिद्यार्थी समेत रहनुभएका शिबसताक्षी–२ का वडाध्यक्ष नेम्बाङले सहयोग प्रदान गरेका हुन् । नेम्बाङले बालसेवा आधारभुत बिद्यालयमा कक्षा–५ सम्म अध्ययन गरेका हुन् ।
पूर्व बिद्यार्थी समेत रहनुभएका वडाध्यक्ष नेम्बाङले बुधबार मंगलबारे बजारस्थित वडा कार्यालयमा सो सहयोग रकम हस्तान्त्रण गरेका छन् । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका समाजवादी प्रेष संगठन झापा सहसचिव गोविन ल्वागुनका अनुसार सहयोग हस्तान्त्रण कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष ल्वागुन, प्रधानध्यापक बेनुप्रसाद कार्की, व्यवस्थापन समिति सदस्यहरु प्रेम रोक्का, धर्मराज ढकालको उपस्थिती थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पत्रकार ल्वागुनका अनुृसार स्वर्ण महोत्सवलाई लक्षित गरि अभिभावकहरुको चाहाना र बिध्यार्थीहरुको आवस्यकतालाई मध्यनजर गर्दै स्कुल बस खरिद प्रक्रिया अघि बढाएको र आर्थिक सहयोग सङ्कलन सुरु गरेको हो । ल्वागुनले स्कुल वस खरिद सहयोग अभियानमा बालसेवामा अध्ययनपछी बिभिन्न रोजगार, व्यवसाय, देश–बिदेशमा रहेका पूर्व बिद्यार्थीहरुले आर्थिक सहयोग जुटाउने कार्य भइरहेको बताए ।
बिद्यालयका कक्षा १ मा स्थानीय लिम्बु भाषामा समेत अध्यापन भैइरहेको यस बिध्यालयमा कक्षा नर्सरीदेखी कक्षा ८ सम्म नै अङ्ग्रेजी माध्यमबाट पठ्नपाठन भैइरहेको अध्यक्ष ल्वागुनले बताए । स्कुल बस खरिद गरेर बिद्यालयमा शैक्षिक गुणस्तर वृद्धिसंगै बिध्यार्थी संख्या पनि वृद्धि गरिने र आगामी शैक्षिकसत्र ०८१।०८२ देखि कक्षा ९ समेत सुचारु गर्ने योजना रहेको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष ल्वागुनले जनाए ।
