राजेन्द्र लिङ्देन

काठमाडौँ, २४ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिको बैठकमा अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताए । उनले देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको दावी गरे । उनले अहिलेको प्रणाली गणतन्त्र नभई लुटतन्त्र भएको टिप्पणी समेत गरे ।

उनले कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले विभिन्न भ्रष्टाचारका काण्ड आए पनि त्यसको निष्पक्ष रुपमा छानबिन हुन नसकेको बताएका छन् ।

लिङदेनले अब देशमा नयाँ सम्झौताको आवश्यकता भइसकेको बताएका छन् । ‘हामीले पछाडि फर्किनु पर्छ भनेको होइन’, उनले भने, ‘तर अब देशलाई नयाँ सम्झौता जरुरी भइसकेको छ । जसले देशलाई नवीन रुपमा अघि बढाउने छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *