दमक, २५ माघ–लागुपदार्थ दुर्व्यसनी नियन्त्रण तथा न्यूनिकरणसंगै मानव अधिकार सम्बन्धी संचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको दमकस्थित हेप्पी लाइफ नेपालले बुधबार दमक–७ सृजना टोलका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
कमजोर आर्थिक अवस्थाका बालबालिकाहरुको पाटनपाठमा प्रोत्साहन र उनीहरुको स्वास्थ्य जीवन यापनमा सहयोग गर्ने उदेश्यले न्यानो कपडा बितरण गरिएको हो । रुपन्देहीस्थित खुशी जीवन नेपालको आर्थिक सहयोगमा दमक–७ सृजना टोलका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको हेप्पी लाइफ नेपाल दमक शाखाले जनाएको छ ।
न्यानो कपडा बितरण कार्यक्रममा खुशी जीवन नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्माको उपस्थिती थियो । त्यस्तैं, दमकस्थित हेप्पी लाइफ नेपालकी कार्यक्रम सञ्चालिका कमला राई, अमृत भट्टराई (रेगन) दमक–७ सृजना टोल विकास संस्थाका अध्यक्ष सुन्दर देवान लगायत स्थानीयवासीहरु र अभिभावकहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा खुशी जीवन नेपाल संस्थाका अध्यक्ष बिश्वकर्मले समाजमा बद्दो लागुपदार्थ दुव्र्यसनको नियन्त्रण र न्यूनिकरणमा संस्थाले देशभरी सामाजिक संचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए । वहाँले लागु पदार्थ दुर्व्यसनीसंगे समाजका पछिल्लो समय बढ्दो अवस्थामा रहेको महिलाहिंसा, लैङिक बिभेद सम्बन्धी खुशी जीवन नेपाल संस्था र हेप्पी लाइफ नेपालले गरिरहेका कार्यक्रमका बिषयमा जानकारी गराएका थिए ।
