दमक, २४ माघ–नेपाल आइस हक्की संघ कोशी प्रदेशको मंगलबार बिराटनगरमा चुनावी बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभाले आगामी कार्यकालका लागि नेपाल आइस हकी संघ कोशी प्रदेशको नयाँ समिति गठन गरेको छ ।

समितिको अध्यक्ष दिपेन याक्पेन लिम्बू, उपाध्यक्षद्धय प्रेम फागो, भुवन ढकाल, सचिव दिपा पोख्रेल, कोषाध्यक्ष कृष्ण बस्नेत सर्वसम्मत चुनिनुभएको छ । त्यसैगरी, संघको कोशी प्रदेश कार्य समिति सदस्यहरुमा बिक्रम सुब्बा खाम्देन लिम्बू (दमक), योगराज दंगाल, बीरेन्द्र गुरुङ, आकाश काठेवाल, नवि हुसेन, शोभा पयाकुरेल, कुमार बस्नेत, प्रकाश कुमार सरदार, कृष्ण शाह र इजु तामाङ हुनुहुन्छ ।

निर्वाचन समितिका संयोजक समेत रहनुभएका नेपाल आइस हक्की संघका केन्द्रीय उपाध्यक्ष बिजय खड्काको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको थियो । बिराटनगरमा आयोजित बार्षिक साधारणसभामा कोशी प्रदेशभरीका हक्की खेल क्षेत्रका नयाँ तथा पुराना खेलाडीहरुको ठूलो संख्यामा उपस्थित थिए ।

संघका केन्द्रीय अध्यक्ष तथा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्यता थियो । बार्षिक साधारणसभामा नेपाल आइस हक्की कोशी प्रदेश समिति र प्रदेशभरीका जिल्लाहरुबाट नयाँ तथा पुराना खेलाडीहरुको सहभागिता थियो ।

त्यस्तैं, सो अवसरमा संघका अध्यक्ष पाठक र उपाध्यक्ष बिजय खड्काले नव गठित समितिका पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *