काठमाडौं, २६ माघ–नेकपा (एकीकृत समाजवादी) ले माघ २५ देखि चैत २५ गतेसम्म एक महिना संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी कार्यालय काठमाण्डौंमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधि र विस्तार गरिसक्ने निर्णय गरेको छ ।
‘आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्नेछौं’, उनले भने, ‘आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवशेनमा काम ९सदस्यता, नवीकरण, संगठन विस्तार आदि० का आधारमा १० जिल्लालाई सम्मान गर्ने निर्णयसमेत गरेका छौं ।’
