फाक्तेप (शिबसताक्षी), २७ माघ–शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयको स्कुल बस खरिद अभियानलाइ पुर्व शिक्षक बलबहादुर राईद्धारा रु ५१ हजार ५ सय ५५ सहयोग प्राप्त भएको छ ।
स्कुल बस खरिद अभियानका लागि अहिलेसम्मको धेरै आर्थिक सहयोग प्रदान गर्नेमा पूर्व शिक्षक राई पहिलो हुनुभएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पत्रकार गोविन ल्वागुनले बताए ।
शुक्रबार, बिद्यालय परिसरमा एक कार्यक्रमकाबीच पुर्व शिक्षक राईले उक्त रकम सहयोग गर्नु भएको हो । पूर्व शिक्षक राईले ४४ वर्ष शिक्षण पेशमा जीवन बिताएका थिए । २०२६ सालदेखि शिक्षण पेशमा रहेका राईले बालसेवा आधारभुत बिद्यालयमा २०५२ सालदेखि २०७० सम्म अध्यापन अराउनु भई अनिबार्य अवकास हुनु भएको थियो ।
उद्दार र सहयोगी मनका धनी राइले २०२६ साल भदौ १ गते खोटाङको दामोदर महासिङ प्राथामिक बिध्यालयबाट शिक्षण पेशा सुरुवात गर्नु भएको हो । राईले उमेरहदका कारण २०७० सालमा आनिबार्य अवकास भएका थिए । राई हाल शिवसताक्षी ६ मा स्थायी बसोबास गरी कृषि तथा बङ्गुर पालन ब्यबसाय गर्दै आउनु भएको छ ।
पूर्व शिक्षक राईले १८ बर्ष लामो अध्यापन गराएको बालसेवा बिद्यालयमा स्कुल बस खरिद अभियानमा सहयोग पुर्याउन पूर्व शिक्षक राईले उक्त सहयोग रुपैया उपलब्ध गराएका हुन् । वहाँले यस बिद्यालयमा १८ वर्ष शिक्षण पेशामा जीवन बिताएको र हालः बिद्यालयमा स्कुल वसको आवश्यत्ता ठानेर अभियान सञ्चालन भएपछि सो सहयोग गर्न चाहेको बताउनुभयो ।
बिध्यालयले आगमी शैक्षिकसत्र बाट स्कुल बस सन्चालनमा ल्याउदै छ । त्यसैगरि बिध्यालयको ५०औ स्थापना दिवस (स्वर्ण महोत्सव) यहि फागुन २४ गते धुमधामले हुने समेत बताइएको ।
