दमक, २७ माघ–नेपाल स्काउट स्थानीय स्काउट परिषद दमकले निर्वाचित परिषदका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । परिषदले दमक–१ स्थित दुर्गा मन्दिर परिसरमा एक कार्यक्रमकाबीच उनीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो । उनीहरुलाई दमक नगरपालिकाका प्रमुख तथा स्काउटका संरक्षक रामकुमार थापाले सपथ ग्रहण गराएका थिए ।
गत माघ २२ गते स्काउट मास्टरवीच भएको निर्वाचनवाट नेपाल स्काउट स्थानीय स्काउट परिषद दमकको आयुत्तmमा साजन श्रेष्ठ चयन भए । श्रेष्ठ, दमक–५ हरिओम कालनीस्थित सर्बोदय इग्लिस स्कुलका संस्थापक भाइस प्रिन्सिपल हुन् । सदस्यहरुमा पुरुषतर्फ किरण बुढाथोकी, तनिसक थापा, प्रदिप खड्का र विपल लुहार चुनिएका छन् ।
यसैगरी, महिलातर्फ मुना बजगाई, विधा सुनुवार, रेविका पोखरेल, अदिति निरौला र आरती श्रेष्ठ रहेको स्थानीय स्काउट परिषद दमकको तदर्थ समितिका संयोजक तथा हिमालय मावि दमकका पूर्वप्रधानध्यापक ओमप्रसाद आचार्यले जानकारी दिए। कार्यक्रममा सुनुवार र खड्कालाई पदक प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख थापा,नेपाल स्काउट राष्ट्रिय तालिम दलका प्रशिक्षक सकुन्तला सुब्बा, किरण बुढाथोकी र सुनम सिग्देलले स्काउटको विषयमा धारणा राखेका थिए ।
स्टाउट रेन्जर आकृति बस्नेतलेले जानकारी दिनु भयो । तीन तहको सरकार बनेपछि अहिले प्रत्येक पालिकामा रहेका स्काउट मास्टरवाट नेतृत्व चयन गरी स्काउट स्थानीय स्काउट परिषद गठन हुदै आएको छ ।

