माइधार (शिवसताक्षी), २७ माघ–कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुले झापाको शिबसताक्षी–९ मा अवस्थित धार्मीकस्थल चिल्लागढधाममा आज अवोलकन गर्नुभएको छ ।
१६औं आङ्बो सङ्जुम्भो बार्षिक सधारणसभाको उद्घाटन गर्न शिवसताक्षी आउनु भएका मन्त्री जबेगुले चिल्लागढधामको अवलोकन गर्नुभएको हो।
अवलोकनकै क्रममा मन्त्री जबेगुलाई चिल्लागढधाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर लिम्बुले चिल्लागढधामको धार्मीक महत्व, यसको समस्या, चुनौती, धाम परिसरभित्र निर्माण हुँदै गरेका मठमन्दिरहरु र समग्र विकास निर्माणमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्नुपर्ने दायीत्वका बारेमा प्रष्ट पारेका थिए ।
सोही अवसरमा चिल्लागढधाम व्यवस्थापन समितिले धामको अपुरो रहेको घेराबारा गर्ने कार्यलाई सम्पन्न गर्न प्रदेश मन्त्री समक्ष मागसहित ज्ञापन पत्र बुझाइएको थियो ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री जबेगुसहित नेकपा (एकीकृत समाजवादी) झापाका नेता नबीन इजम, समाजवादी प्रेष संगठन झापाका ेनेता गोविन ल्वागुन, किरात याक्थुम चुम्लुङ शिबसताक्षी नगर समिति अध्यक्ष बीरबल जबेगु लगायतको उपस्थिती थियो । ं
शिवसताक्षी ९ मा रहेको यहाको धामसम्म पुग्नका लागि पूर्वपश्चिम लोकमार्गको दुधे–माइधारबीचमा पर्ने संगम चोकदेखि ३ किलो मिटर दक्षिणमा अवस्थित छ ।
