रघुजी पन्त

काठमाडौँ, २८ माघ–नेकपा (एमाले) का सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपर्ने बताउनु भएको छ।

आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपाल जो आएर बसेपनि हुने देश बनेको बताउनु भयो।
पन्तले नेपालमा जो आएर जे गरेपनि हुने हो ? भन्दै प्रश्न गर्नुभयो।

सांसद रघुजी पन्तले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सीमाना भएको जिकिर गर्नुभयो।

सांसद रघुजी पन्तले भन्नुभयो, ‘हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ। त्यसमा टाइट गर्नैपर्छ। आउने जानेको तथ्यांक राख्नुपर्छ। विमानस्थलसहित भुगोलको बोर्डर पनि कडाइ हुनुपर्छ। तीन चार हजार रोहिंग्याहरुको तथ्यांक नाघिसकेको छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *