बेलबारी, २९ माघ–नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवत्ता जगनाथ खतिवडाले पार्टीले सञ्चालन गरेका योजना तथा कार्यक्रमलाई आम नागरीकबीच लैजान समाजवादी प्रेष संगठनले सृजनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज (सोमबार) मोरङको बेलबारीस्थित पर्यटकीयस्थल रमितेमा आयोजना गरेको प्रदेशस्तरीय वृहत भेला तथा बनभोज कार्यक्रममा पार्टी उपमहासचिव समेत रहनुभएका प्रवत्ता खतिवडाले यस्तो धारणा राख्नुभएको हो ।
प्रचारप्रसार बिभाग प्रमुख समेत रहनुभएका खतिवडाले माघदेखि सुरु भएको दुई महिने पार्र्टी संगठन सुढृढिकरण अभियानलाई केन्द्र, प्रदेश र जिल्ला कमिटीले गरेका कार्यक्रमलाई समाजवादी प्रेस संगठनका पत्रकारहरुले सकारात्मक सामाग्री निर्माण गरेर त्यसलाई सार्वजनिक गर्न निर्देशन दिनुभयो ।
नेता खतिवडाले समाजवादी प्रेष संगठनमा आबद्ध पत्रकार एबम् सञ्चारकर्मीहरु नेकपा (एकीकृत समाजवादी) को सदस्य भएको बताउनुभयो । वहाँले पार्टी सदस्य भएपछि पार्टीभित्र समान जिम्मेवारी र हैसियत भएको बुझ्नुपर्ने तर्क गर्नुभयो ।
खतिवडाले एमालेबाट केपी शर्मा ओलीको तानाशाह प्रवृतिका कारण बिद्रोह गर्नुपरेको र अहिलेको छोटो समयभित्रमा नेकपा (एकीकृत समाजवादी) ले मुलुकको तिनै तहको सरकारमा सहभागिता देखाएको कथन गर्नुभयो । वहाँले जतिवेला प्रतिगमन बिरुद्ध सडकदेखि एकीकृत समाजवादीले आन्दोलन र सघर्षका कार्यक्रमलाई जनताको साथबाट जोड्न सफल भएको बताउनुभयो ।
वहाँका अनुृसार पार्टी निर्माणको क्रममा समाजवादी प्रेस जगतबाट पाएका साथ र सहयोगले नेकपा (एकीकृत समाजवादी) को झण्डा र त्यस झण्डामुनी तमाम मतदाताहरु गोलबद्ध भएका थिए । वहाँले पार्टीे सञ्चालन गरेको दुई महिने संगठन सुढृढिकरण अभियान आगामी निर्वाचनप्रति लक्षित भएको र त्यो उपलब्धीपूर्ण हुने बताउनुभयो ।
समाजवादी प्रेस सगठन कोशी प्रदेश कमिटीका अध्यक्ष बन्दु पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य तथा कोशी प्रदेश अध्यक्ष बलदेब चौधरी, पोलिटव्यूरो सदस्य तथा कोशी प्रदेश सचिव महेश रेग्मी, समाजवादी प्रेष संगठनका अध्यक्ष बिश्वमणी सुवेदी, पत्रकार महासंघ केन्द्रीय सदस्य नरेन्द्र बिष्ट, संगठनका उपाध्यक्ष तथा कोशी इन्चार्ज तीर्थ सिग्देल, महासचिव रामकुमार एलन लगायतले आ–आफ्ना बिचार राख्नुभएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार कौशल चेम्जोङ, भोला श्रेष्ठ, समाजवादी प्रेस संगठन उपमहासचिव लेखनाथ सिकारु, सचिव नेपोलियन चेपाङ, शिब ढुङ्गाना
लगायतको उपस्थिति थियो ।
सोही कार्यक्रममा समाजवादी प्रेस संगठन झापाले संगठनका केन्द्रीय सदस्य तथा इटहरीका पुराना पत्रकार बिपी दियालीको उपचारमा संङ्कलित सहयोग रुपैया १५ हजार २५ हस्तान्त्रण गरिएको छ । सो सहयोग रुपैया संगठनका झापा अध्यक्ष अनिलदेब राई र कोशी प्रदेश इन्चार्ज तीथ सिग्देलले केन्द्रीय अध्यक्ष बिश्वमणी सुवेदीलाई संयुक्त रुपमा हस्तान्त्रण गरिएको हो ।
त्यस्तैं, संगठनले आजै रमितेमा आयोजना गरेको बनभोज कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलाबलल्ब घिमिरे, महासचिव बिबेक गौतम, प्रेष चौतारी प्रदेश अध्यक्ष बिक्रम लुइटेल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का नेता भक्तशेर लिम्बू लगायतको उपस्थिति थियो ।
