काठमाडौं, १ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताएका छन्। ​

सोमवार नेकपा एकीकृत समाजवादी मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताए। उनले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको बताए।

उनले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गरे। उनले गठबन्धनको अहिले कुनै विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताए।

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्शान पुर्‍याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *