विराटनगर, १ फागुन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।

इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइरहेको छ।

उनको साथबाट डेटोनेटर ७ वटा, विष्फोटन पदार्थ बनाउन प्रयोग गरिने समानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *