शिबगञ्ज, १ फागुन–झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक बिद्यालयमा नवनिर्मित सरस्वती मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । त्यहाँका पूर्व बिद्यार्थीहरुको पहलमा निर्माण भएको सरस्वती मन्दिरको उद्घाटन श्रीपञ्चमी पुजा (सरस्वती पुजा) को अवसर पारेर भोली (बुधबार) हुने भएको छ ।

जन आदर्श पूर्व बिद्यार्थी समन्वय समितिका अध्यक्ष समेत रहनुभएका शिबसताक्षी–६ शिबगञ्जका वार्ड अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार सरस्वती पुजामा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन हुने छ । अध्यक्ष कार्कीले गत वर्षदेखि निर्माण सुरु भएको सो मन्दिरको निर्माणकार्य पुरा भएसंगै बिद्यालयलाई हस्तान्त्ररण गरिने भएको बताए ।

देश–बिदेशमा छरिएर रहनुभएका पूर्व बिद्यार्थीहरुबाट सङ्कलित आर्थिक सहयोगबाट सरस्वती मन्दिर निर्माणकार्य सम्पन्न भएको हो । अध्यक्ष कार्कीले मन्दिर निर्माणकार्य सम्पन्न हुँदासम्म अनुमानित रु ११ लाख ४० हजार बढी खर्च भएको हुनसक्ने बताए ।

यसअघि, जन आदर्श माध्यमिक बिद्यालयमा जीर्णअवस्थाको मन्दिरमा नियमित पुजापाठ कर्ममा समस्या भएपछि, नयाँ मन्दिर निर्माण गर्नुपरेको पूर्व बिद्यार्थी समन्वय समितिका सचिव समेत रहनुभएका बिद्यालयका शिक्षक दिनेश कुमार श्रेष्ठले जानकारी दिए । मन्दिर निर्माणमा प्राप्त आर्थिक सहयोगलाई शिलालेखमा राखिने भएको छ । त्यस्तैं, सहयोग गर्ने पूर्व बिद्यार्थीहरुलाई सम्मानपत्रले सम्मान गरिने भएको छ ।

नवनिर्मित मन्दिरमा गत वर्ष गजुँरसहित सरस्वतीको मुर्ति प्रतिष्थापना गरिएको छ । गत वर्ष सरस्वती पुजाको दिन पूर्व बिद्यार्थी समन्वय समितिले भब्य कार्यक्रमबीच बिद्यालयका पूर्व प्रधानध्यापक लक्ष्मीप्रसाद उप्रेतीसहित बिद्यालयलाई जग्गादान गर्नुहुने जग्गादाता, बिद्यालय निर्माणको समयमा आर्थिक तथा भौतिक सहयोग गर्नुहुने दानबीरहरुसमेत गरी बिद्यार्थी तथा शिक्षकहरुलाई मान–सम्मान गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *