डुडामारी (शिबसताक्षी), १ फागुन–आफना दिवंगत भाई स्व.अम्मर शेर्माको स्मृतिमा झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयमा स्थानीय एक जना दाताले एक लाख बढी आर्थिक सहयोग गरेका छन् ।
विद्यालयकमा पूर्व बिद्यार्थीसमेत रहेका हाल हङकङमा कार्यरत सामाजिक अगुवा बुद्धराज शेर्मा (चपेता) र उनकी श्रीमती आशाहाङ्गमा लावती शेर्माले आफना दिवंगत कान्छा भाई अम्मर शेर्माको स्मृतिमा ५१ हजार रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । दाता शेर्माले आफना क्षेत्रका शिक्षा, खेलकुद लगायतका सामाजिक कार्यमा सहयोग पुरयाँउदैआएका छन् ।
अक्षयकोषको रकम दाता परिवारका तर्फवाट शेर्माकी श्रीमती आशाले उक्त रकम उपलव्ध गराएकी हुन् । उक्त अक्षयकोषको ब्याजबाट विद्यालयले बिपन्न परिवारका बिद्यार्थीहरुलाई छात्रवृति उपलव्ध गराउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले बताए ।
यसैगरि, विद्यालयले बस खरिदका लागि सञ्चालन गरेको अभियानमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ । अभियानमा हालसम्म १० लाख बढी सहयोग संकलन भईसकेको अध्यक्ष ल्वागुनले जनाएका छन् ।
