मोरङ, ३ फागुन–मोरङको केराबारी गाउँपालिका–९ स्थितबाट पेस्तोल र खुकुरीसहित लेटाङ नगरपालिका–१ का ५२ बर्षिय नीरकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

फाल्गुन ३ गते बिहान केराबारी–९ भलुवाइ कि ५० वर्षिया जमुना देबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट भलुवाईमा जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको ःब्म्भ् क्ष्ल् क्ष्त्ब्ीक्ष् लेखेको अटो पेस्तोल १ थान नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाईते भएका दुवै जनाको बिराटनगर स्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ भने घटनामा संलग्न हतियारसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धन भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *