काठामाडौं, ३ फागुन–नेकपा (माओवादी केन्द्र) को विधान परिमार्जनसहित पारित भएको छ। माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो।

अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधानलाई समृद्ध बनाउन महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने बताए। विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै उनले विचारलाई अझ बढी केन्द्रित र संश्लेषण गरिने बताए। उनले पार्टीको रक्षा र विकास गर्न यसले सहयोग पुगेको उनको भनाइ थियो।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *