काँकडिभिट्टा, ७ फागुन–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले सदस्यता विस्तार, नवीकरण तथा संगठन सुढृण्किरण अभियानको क्रममा आइतबार काँकडिभिट्टामा निर्वाचन क्षेत्र १ को बैठक समपन्न गरेको छ ।

भाष्कर घिमिरेको अध्यक्षतामा निर्वाचन क्षेत्र नम्बर १ को वैठक सम्पन्न भएको हो । बैठकले क्षेत्र नं १ अन्तर्गत सवै पालिकाहरु र वडास्तरीय कमिटी गठन, पुर्नःगठन, सदस्यता विस्तार, नबिकरण लगायतका कार्यलाई पहिलो प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिवद्धता भएको नेकपा (एकीकृत समाजवादी) झापाका नेता बिपी भट्टराईले जानकारी दिए ।

नेता बिपी भट्टराईका अनुसार बैठकमा पार्टी केन्द्रीय कमिटीले आसन्न १०औं महाधिवेशनलाई लक्षित गरी देश ब्यापी सञ्चालन गरिरहेको दुई महिने संगठन सुढृढिकरणलाई अझ तीब्र बनाई संगठन बिस्तार गर्ने निणर्य गरेको छ ।

यसैगरी, झापा निर्वाचन क्षेत्र १ का प्रत्येक वडाका लागि केन्द्रिय नेतृत्व खटाएको छ । जसअनुसार मेचीनगर १ का लागि भाष्कर घिमिरे, २ का लागि ज्ञानेन्द्र ढुंगाना, ३ का लागि मेगेन्द्र थापा, ४ का लागि एन के कट्टेल, ५ का लागि हरी तिम्सिना, ६ का लागि शंकर थापा गर्दै नगरका १५ वटै वडा सँगै क्षेत्रका २१ वटै वडामा केन्द्रिय नेतृत्व खटाएको हो ।

यसैगरी, महिला विभागमा बिमला देवकोटा, विद्यार्थीमा बिनम सरदार, युवामा उदय बराइली, खेलकुदमा शंकर थापा, पत्रकारितामा दिलिप थापालाई विभागको जिम्मेवारी दिइएको छ । संगठनलाई थप बलियो बनाउँदै संगठन बिस्तार केन्द्रित बनभोजको पनि आयोजना गर्ने निणर्य गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *