भद्रपुर, ७ फागुन–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीले यतिवेला झापामा निर्वाचन क्षेत्रस्तरीय अगुवा नेता–कार्यकर्ताहरुबीच भेटघाट, अन्तक्रिया तथा संगठन सुढृढिकरण सम्बन्धीका कार्यक्रम र योजना छनौटहरु गर्ने कार्य गरिरहेको छ । एकीकृत समाजवादी जिल्ला कमिटी झापाको बिर्तामोडस्थित पार्टी कार्यालयमा सम्पन्न नवौं पूर्ण बैठकद्धारा यसअघि नै क्षेत्रीय स्तरका भेला तथा बैठक सम्बन्धी तालिका बनाइएको थियो ।

यसैबीच, आज (सोमबार) निर्वाचन क्षेत्र ३ को बैठक सम्पन्न भएको छ । भद्रपुरस्थित पृथ्बीनगरमा आयोजित क्षेत्रीय बैठकमा पार्टीको आसन्न १०औ) महाधिवेशनलाई लक्षित गरी देशव्यापी दुई महिने संगठन सुढृढिकरण अभियानका बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

पार्टीका नेता पदम लिम्बूको अध्यक्षतामा भएको क्षेत्र नम्बर ३ स्तरीय बैठकमा केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सो बैठकमा जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, जेष्ठ कम्यूनिष्ट मञ्च झापाका संयोजक बेदनिधी निरौला, सल्लाहकार गंगा ओली, तारा रुचाल लगाययले पार्टी संगठन निर्माण, सदस्यता विस्तार, १०औं महाधिवेशनका बारेमा आ–आफ्ना राय तथा सुझावहरु राखेका थिए ।

बैठकले संगठन सुढृढिकरण गर्दै निर्वाचन क्षेत्र ३ का भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका, हल्दिबारी र बाह्रदशी गाउँपालीकाको अलग–अलग बैठक बस्ने निर्णय गरेको छ । बैठकले कचनकबल गाउँपालिकामा १० गते, बाह्रदशी १२ गते, भद्रपुर १३ गते र हल्दिबारी गाउँपालिकामा १५ गते बैठक बस्ने निर्णय भएको जिल्ला अध्यक्ष वेदराज रेग्मीले जानकारी दिए ।

यता, भोली (मंगलबार) क्षेत्र नंम्बार ४ को सुरुङ्गा र क्षेत्र नंम्बर ५ को दमकमा क्षेत्रीय स्तरका भेला तथा बैठक आयोजना गरिएको नेता बिपी भट्टराईले बताए । नेता भट्टराईका अनुसार यसअघि ६ गते आइतबार क्षेत्र नम्बर १ को काँकडिभिट्टा र क्षेत्र नंम्बर २ को बिर्तामोडमा क्षेत्रीय स्तरका बैठक सम्पन्न भइसकेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *