दमक, ७ फागुन–झापाको बिर्तामोडमा आज सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा सगरमाथा तेक्वान्दो दोजाङ दमकका ६ जना खेलाडीहरुले पदक जित्न सफल भएका छन् ।

बिर्तामोडमा सम्पन्न प्रतियोगितामा दमक नगरपालिकाबाट प्रतिनिधित्व गर्दै जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागि ६ जना खेलाडीहरुले अलग–अलग तौलतर्फ ६ वटा पदक जित्न सफल भएका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ ४५ केजीमा प्रिन्स भुजेल (रजत) र ५५ केजीमा आयुष धिमाल (रजत) ले पदक जित्न सफल भए । त्यस्तैं, महिलातर्फ ४२ केजीमा देन्सु योगी (काँस्य), ४४ केजीमा सुप्रिया नेम्बाङ (कांस्य), ४६ केजीमा निकिता धिमाल (रजत) र ५१ केजीमा सुप्रिया लिम्बूले (काँस्य) पदक जित्न सफल भएका प्रशिक्षक मनोज कुमार कटुवालले जानकारी दिए ।

दमक नगरपालिकाको तर्फबाट १४औं राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा १० जना खेलाडीहरु सहभागि थिए । प्रतियोगितामा १० जना खेलाडीहरु सगरमाथा तेक्वान्दो डोजाङमा आवद्ध छन् ।

पदक बिजेता खेलाडीहरु र प्रतियोगितामा सहभागि खेलाडीहरुलाई दमकस्थित सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जीतु धिमालले बधाई तथा शुभकामना दिएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *